केन्द्रीय कारागार सुन्धाराबाट भागेका दुई जना धुम्बाराहीबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १०, शुक्रबार (५ महिना अघि)
  • २ पटक पढिएको
केन्द्रीय कारागार सुन्धाराबाट भागेका दुई जना धुम्बाराहीबाट पक्राउ

काठमाडौं, १० असोज। केन्द्रीय कारागार सुन्धाराबाट भागेका दुई जनालाई प्रहरीको काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३२ वर्षीय सुमन लामा र ४२ वर्षीय पुरुषोत्तम धिताल छन् ।

उनीहरू जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा कारागारबाट भागेका थिए । लामालाई बलात्कार मुद्दामा अदालतले १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । धिताल सवारी ज्यान मुद्दामा जेल परेका थिए । उनलाई अदालतले ३ वर्ष कैद सजाय हुने फैसला गरेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस