सुनसरीमा लागू औषध ट्रामाडोल बरामद, कारोबारी फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १३, सोमबार (५ महिना अघि)
  • ५ पटक पढिएको
सुनसरीमा लागू औषध ट्रामाडोल बरामद, कारोबारी फरार

सुनसरी, १३ असोज। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। आइतबार राति विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देखेपछि तीन जना व्यक्तिले बोकेको झोला फालेर मोटरसाइकलमा भागेका थिए।

प्रहरीले नियन्त्रणमा लिएको जेब्रा झोलामा ट्रमल लेखिएका ६ हजार ८६० क्याप्सुल भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए। उनका अनुसार बरामद क्याप्सुल लागूऔषध (ओपिओइड) श्रेणीमा पर्ने भएकाले यसको अवैध कारोबारले युवाहरूमा गम्भीर लत र अपराध बढाउने खतरा रहेको छ।

घटनामा संलग्न फरार व्यक्तिहरू र उनीहरू प्रयोग गरेको मोटरसाइकलको पहिचान तथा खोजी कार्य तीव्र पारिएको डीएसपी खतिवडाले बताए। उनले यसलाई ठूलो लागूऔषध तस्करीसँग जोडिएको घटना मान्दै अनुसन्धानलाई अझ कडा बनाइएको पनि बताए।

ताजा अपडेट

खोजी गर्नुहोस