तुलसीपुर कारागारबाट भागेका १५५ कैदीबन्दी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १४, मंगलबार (४ महिना अघि)
  • ३ पटक पढिएको
तुलसीपुर कारागारबाट भागेका १५५ कैदीबन्दी पक्राउ

दाङ, १४ असोज। जेन्जी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका २ सय ५३ मध्ये १ सय ५५ जना पक्राउ परेका छन् । सुरक्षाकर्मीले दिनहुँजसो भागेका कैदीबन्दी पक्राउ गरिरहेका छन् ।

भागेका कैदीबन्दीलाई पक्राउ गर्दै कारागारलाई बुझाउँदै गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

जेन्जी आन्दोलनका क्रममा भाद्र २४ गते १ सय २४ र २५ गते १ सय २९ जना कैदीबन्दी जेलको मुल गेट तोडेर भागेका थिए ।

कारागार प्रशासनले फरार कैदीबन्दीलाई असोज २० गतेसम्म फर्कन आह्वान गरेको छ । उक्त समयपछि फर्केमा थप कारबाही हुने बताएको छ ।

हाल तुलसीपुर कारागारमा ६ जना आश्रित बालबालिकासहित ३ सय ५७ जना रहेको कारागार प्रमुख गिर बहादुर सेजुवालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस