पाकिस्तानको क्वेटामा विस्फोट, १० जनाको मृत्यु, ३२ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १४, मंगलबार (४ महिना अघि)
  • ५ पटक पढिएको
पाकिस्तानको क्वेटामा विस्फोट, १० जनाको मृत्यु, ३२ जना घाइते

काठमाडौं, १४ असोज। पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु भएको छ, भने ३२ जना घाइते भएका छन्। प्रान्तीय स्वास्थ्य मन्त्रीका अनुसार मृतक र घाइतेमध्ये सुरक्षाकर्मी समेत रहेका छन्।

विस्फोट अर्धसैनिक बल फ्रन्टियर कोर्प्सको मुख्यालय नजिकै मोडेल टाउन क्षेत्रमा भएको हो। विस्फोटपछि उक्त क्षेत्रमा बाक्लो धुवाँ देखिएको थियो भने गोलीबारी समेत सुन्निएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनापछि क्वेटाका अस्पतालहरूलाई आपतकालीन अवस्थामा राखिएको छ र सम्पूर्ण स्वास्थ्यकर्मीलाई तत्काल सेवा प्रवाहमा खटिन निर्देशन दिइएको छ। सुरक्षाकर्मीहरूले घटनास्थल वरिपरि कडा निगरानी बढाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस