बाराको जितपुरसिमरामा कारको ठक्करबाट एक महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १४, मंगलबार (४ महिना अघि)
  • ३ पटक पढिएको
बाराको जितपुरसिमरामा कारको ठक्करबाट एक महिलाको मृत्यु

सिमरा, १४ असोज। बाराको जितपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा मंगलबार कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा ७ की ६५ वर्षीय प्यारी साह रहेकी छिन्।

साहलाई बा.प्र.०१-०२५च ६०७४ नम्बरको कारले बजनीस्थित मालपोत चोकमा ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते र अचेत भएकी महिलाको वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो।

प्रहरीले कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमानेका २९ वर्षीय नबि आलमलाई नियन्त्रणमा लिएको छ। महिलालाई ठक्कर दिएर फरार भएको कारलाई खोजी गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस