प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १५, बुधबार (४ महिना अघि)
  • ३ पटक पढिएको
प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ 

काठमाडौं, १५ असोज। ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ छन्। उनलाई सडक सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिका– १० बुद्धनगरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

तामाङले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस