चट्याङ लागेर झापामा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १५, बुधबार (४ महिना अघि)
  • २ पटक पढिएको
चट्याङ लागेर झापामा एक जनाको मृत्यु

झापा, १५ असोज। चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो । 

आज बिहान ११ बजे वर्षासँगै परेको चट्याङ लाग्दा दिलकुमारी घाइते भएकी थिइन् । मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गए बेला चट्याङ लागेको प्रहरीले जनाएको छ ।

घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस