लगातार देशभर भइरहेको भारी वर्षाका कारण १९ र २० गते सार्वजनिक बिदा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १८, शनिबार (४ महिना अघि)
  • २ पटक पढिएको
लगातार देशभर भइरहेको भारी वर्षाका कारण १९ र २० गते सार्वजनिक बिदा


१८ आश्विन २०८२, शनिबार
रौतहट । गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार आगामी केही दिन देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पहिरो, डुबान, बाढी, भूक्षयलगायतका जोखिम बढ्ने अनुमान गरिएको छ। ती कारणले यातायात तथा जनजीवनमा असर पर्ने भएकाले विशेष सतर्कता अपनाउन मन्त्रालयले सबै नागरिकलाई अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ,“वर्षाको कारणबाट उत्पन्न हुनसक्ने बाढी, डुबान, भूक्षय र सडक यातायात अवरोधका सम्भावनालाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।”
यस अवधिमा विपद् व्यवस्थापन र अत्यावश्यक सेवा सञ्चालनमा संलग्न सरकारी कार्यालय भने खुला रहने जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस