सुनसरीको इनरुवाबाट एक वृद्ध महिला दुई दिनदेखि बेपत्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २०, सोमबार (४ महिना अघि)
  • २ पटक पढिएको
सुनसरीको इनरुवाबाट एक वृद्ध महिला दुई दिनदेखि बेपत्ता

सुनसरी, २० असोज। सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–५ बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता भएकी छन् । शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दसैँको टीका लगाउन मावल हिँडेकी दाहाल शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेकोका प्रहरी उपरीक्षक केशव थेबेले बताए । 

दाहाल इनरुवा–३ सखुवागाछीस्थित आफ्नो मावलतर्फ टीका लगाउनका लागि हिँडेकी थिइन् । शनिबार दिन बितिसक्दा पनि घर नफर्केपछि परिवारले खोजी सुरु गरेको छ । बेपत्ता महिलाको खोजीकार्य सुरु गरिएको प्रहरी उपरीक्षक थेबेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस