नेपाल प्रहरीका दुई एआईजीको सरुवा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २०, सोमबार (४ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

काठमाडौं, २० असोज। नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ।

कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

केही दिनअघि बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको जिम्मेवारी हेरफेर गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिए । 

जेनजी प्रदर्शन नियन्त्रण बाहिर जानसक्ने आकलन गरेर मानवश्रोत विकास विभागका तत्कालीन एआईजी दान बहादुर कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो । भदौ २४ मा कार्की रानपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए । 

ताजा अपडेट

खोजी गर्नुहोस