जर्जियामा भएकाे विमान दुर्घटनामा २० जना सैनिककाे मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक २७, बुधबार (३ महिना अघि)
  • २ पटक पढिएको
जर्जियामा भएकाे विमान दुर्घटनामा २० जना सैनिककाे मृत्यु

२६ कार्तिक। जर्जियामा भएको कार्गाे विमान दुर्घटनामा आफ्ना २० जना सैनिकको ज्यान गएको टर्किएले बताएको छ । जर्जियामा भएको आफ्नो सैन्य विमान दुर्घटनामा सबै सैनिकको ज्यान गएको टर्किएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अजरबैजानबाट टर्किएका लागि उडेको सी–१३० कलसाइन भएको हर्कुलस सैन्य कार्गाे विमान हिजो जर्जियामा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनाको कारण पत्ता लागिसकेको छैन ।

टर्किए र जर्जियाली अधिकारीहरूले जर्जियाको काखेती जिल्लाको सिघनाघु नगरपालिकामा रहेको घटनास्थलमा निरीक्षण शुरू गरेका खबरमा उल्लेख छ ।

अमेरिकामा निर्मित यो विमान विश्वभरका वायुसेनाले प्रयोग गर्दै आएका छन् । सी–१३० हर्कुलस एक कार्गो, सेना र उपकरण वाहक विमान हो ।

यो विमानले उडान र अवतरणका लागि तयार नभएको धावनमार्ग समेत प्रयोग गर्न सक्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस