म्याद थपको माग गर्दै फतुवाबिजयपुरको करारका कर्मचारी अनिश्चित कालिन धर्नामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक २७, बुधबार (३ महिना अघि)
  • २ पटक पढिएको
म्याद थपको माग गर्दै फतुवाबिजयपुरको करारका कर्मचारी अनिश्चित कालिन धर्नामा


कृष्ण तिवारी

कार्तिक २६ गते ।

रौतहट । म्याद थपको माग गर्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा कार्यरत्त करारका कर्मचारीहरुले बुधबार देखि धर्नामा बसेका छन् ।

गत साउन ३० गते नगरसभा पछि बोर्डको बाट  करारको कर्मचारीलाई म्याद थप गर्न निर्णय भए पनि अहिलेसम्म नगरपालिकामा कार्यरत्त करारका कर्मचारीलाई म्याद थप न हुँदा करारका कर्मचारीहरुले म्याद थपको माग गर्दै नगरपालिका परिसरमा बुधबार देखि धर्ना बसेका हुन् ।

पालिकाले करारका कर्मचारीहरुलाई म्याद थप न गर्दा उनीहरु बिचल्ली भएको छ ।

करारका कर्मचारीहरुलाई हटाउदा पालिकाको काम काज समेत प्रभावित भएको छ । म्याद नथपिएका कर्मचारीहरुले बुधबार देखि कार्यालयको अगाडि बिहान १० बजे देखि ५ बजे सम्म शान्तिपुर्ण धर्नामा बस्दै आएका छन् ।

शान्तिपुर्ण धर्ना कार्यक्रमले पुनः म्याद न थपे चरणबद्ध रुपमा संघर्षको कार्यक्रमहरु अगाडि बढाउने चेतावनी उनीहरुले दिएका छन् । म्याद थप गर्न कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव समक्ष समेत ज्ञापन पत्र बुझाए छन् ।

प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राप्त पत्र अनुसार दरबन्दी बाहेक को कर्मचारीलाई मात्र हटाउने र नयाँ कर्मचारी भर्ना न गर्ने पत्रमा उल्लेख रहेको र स्थानीय सरकार संचालन ऎन २०७४मा बोर्ड बैठकको निर्णय सर्वपरी रहेको बताए ।कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले दैनिक ज्यालादारी र करारका कर्मचारीको म्याद थाप्ने कार्य प्रमुख प्रशासकीय अधिकृतको रहेकोले आफु नियमानुसार कार्य अगाडी बढाउन अनुमति समेत दिईसकेको उनले बताईन। 

ताजा अपडेट

खोजी गर्नुहोस