ताप्लेजुङमा एक बालिकाको लडेर मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक ३०, शनिबार (३ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

ताप्लेजुङ, २९ कात्तिक। जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ । फुङ्लिङ–१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो ।

फुङलिङ–९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले जानकारी दिए ।

उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली परिचालन गरिएको थियो ।

शव कानुनी प्रक्रिया पूरा जिल्ला अस्पतालमा ल्याइएको बताउँदै बढईले शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस