युक्रेनको राजधानी किएभमा घातक रुसी आक्रमण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर १, आईतबार (३ महिना अघि)
  • ३ पटक पढिएको
युक्रेनको राजधानी किएभमा घातक रुसी आक्रमण

३० कात्तिक। युक्रेनले राजधानी किएभमा भएको घातक रुसी आक्रमणको एक दिनपछि रुसको मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ ।

युक्रेनी सेनाले विज्ञप्तिमार्फत् मस्को नजिकैको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको उल्लेख गरेको छ ।

दुई देशबीच लामो समयदेखि निरन्तर आक्रमणका घटना हुँदै आएका छन् । युक्रेनबाट पनि नियमित रूपमा मिसाइल र ड्रोन आक्रमण हुँदै आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रियाजानका गभर्नर पावेल माल्कोभले रुसी हवाई प्रतिरक्षाले रातको समयमा २५ वटा युक्रेनी ड्रोन खसालेको बताउनुभएको खबरमा उल्लेख छ ।

युक्रेनको राजधानी किएभमा रुसले गरेको आक्रमणमा सात जनाले ज्यान गुमाएको भोलिपल्ट हिजो आक्रमण भएको हो । 

ताजा अपडेट

खोजी गर्नुहोस