बारामा ४४ ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर १, आईतबार (३ महिना अघि)
  • ५ पटक पढिएको
बारामा ४४ ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

 बारा, ३० कात्तिक। बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–५, लल्का पुल नजिक पथलैया तर्फ पैदल हुइँदै आएकी दुई महिलाबाट ४४ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक दीपक कुमार बस्तेनको कमान्डमा तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जको टोली सहित संयुक्त रूपमा खटिएको प्रहरीले महिलाहरूलाई शंकास्पद अवस्थामामा रोकेर चेकजाँच तथा शरीर खानतलासी गरेको थियो।

तलासीका क्रममा ७ पुडिया ब्राउन सुगर (खैरो धुलो) ३५ वर्षीय सुसिला देवी पर्सा, पटेर्वा सुगौली–६,  को साथबाट फेला परेको हो।

यस घटनामा संलग्न रहेकी ३० वर्षीया पूजा देवी पर्सा, पोखरिया नगरपालिका–७, को साथबाट फेला परेको हो।

बरामद गरिएको लागूऔषधसँगै दुवै महिलालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस