गाडीको छतमा राखेको जस्ता पाता खस्दा गाडीमा सवार एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर २, सोमबार (३ महिना अघि)
  • ५ पटक पढिएको
गाडीको छतमा राखेको जस्ता पाता खस्दा गाडीमा सवार एक जनाको मृत्यु

गुल्मी, १ मंसिर।  मुसिकोट नगरपालिका–२ निस्ती ठाँटीमा डबल क्याब गाडीको छतमा राखिएको टिन (जस्ता पाता) खसेर  लागेर गाडीमा सवार एक जनाको मृत्यु गएको छ ।

आइतबार राति तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग३च ४२६० नम्बरको गाडी उकालो चढ्दा टिन खसेको थियो ।

टिनले लागेर सोही गाडीमा सवार ४९ वर्षीय मिनबहादुर बि.क. गम्भीर घाइते भएका थिए ।

उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गाडी चालक २५ वर्षीय प्रताप रायमाझीलाई प्रहरीले कागजपत्रसहित नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस