टीयू क्रिकेट मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर २, सोमबार (३ महिना अघि)
  • ३ पटक पढिएको
टीयू क्रिकेट मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध

काठमाडौं , ०१ मंसिर। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदान क्षेत्र वरिपर भिडभाड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले एक सूचना जारी गर्दै एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न र खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो ।

दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ । पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो ४ बजेबाट सुरू हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस