खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई भारतीय युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर २, सोमबार (३ महिना अघि)
  • २ पटक पढिएको
खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई भारतीय युवक पक्राउ

 सर्लाही , ०१ मंसिर। सर्लाही प्रहरी सग्राम्पुरबाट सीमापारी भारत तर्फ जाँदै गरेको  दुई जना भारतीय युवकलाई खैंरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले पर्सा गाउँपालिका–२ सग्राम्पुरको बाटो भएर सीमापारी भारत तर्फ जाँदै गरेको अवस्थामा ११.९१ ग्राम ब्राउन सुगर सहित दुई जना भारतीय युवकलाई पक्राउ गरेका हुन् ।

भारत विहार राज्य सीतामढी जिल्ला सोनवर्षा ग्राम पंचायत कोबरवाका नसरुद्दीन शेख का २२ बर्षीय छोरा तारिक शेख र सीतामढी जिल्ला ग्रामपंचायत लहुरिया–१० का खुर्साहा गाउँका समद शेखका १९ बर्षीय छोरा फरहान राजालाई सर्लाही प्रहरीले खैंरो हेरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

सर्लाही प्रहरीका अनुसार, पैदल हिडिरहेका युवक तारिक शेखले लगाएको अण्डरवेयर भित्र प्लाटिकमा वेरेर खैरो हेरोइन बरामद भएको हुँदा पक्राउ परेका दुबै जनालाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस