संगठित ठगी कसुरका आरोपित आकाश प्रसाद कुशवाहा मलेसियामा परे पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर २, सोमबार (३ महिना अघि)
  • ५ पटक पढिएको
संगठित ठगी कसुरका आरोपित आकाश प्रसाद कुशवाहा मलेसियामा परे पक्राउ

काठमाडौं , ०१ मंसिर। ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा छन् ।

नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न नेपाल फिर्ता ल्याइएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न इन्टरपोल महासचिवालयबाट २१ मंसिर २०८० मा रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहट पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस