३९ किलो गाँजासहित हरिवनका एकजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर २, सोमबार (३ महिना अघि)
  • २ पटक पढिएको
३९ किलो गाँजासहित हरिवनका एकजना पक्राउ

सर्लाही , ०१ मंसिर। सर्लाहीमा करिव ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका–६ स्थित शिव मन्दिर नजिकबाट करिब गाँजा ३८ किलो ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्लाकै हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठ रहेका छन्। उनलाई उक्त परिमाणको गाँजासहित इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ५ बजे पक्राउ गरेको हो।

लखन्देही खोलातर्फबाट भित्री बाटो हुँदै गाँजा ल्याइँदै गरेको जानकारी पाएपछि प्रहरी शिव मन्दिर क्षेत्र वरपर तैनाथ भएको थियो।

प्रहरीले प्रदेश–२–०३००१ ह ३२८ नम्बरको अटो र ना. ६० प. ५५६ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद गरेको हो।

अटोमा एक पोका र मोटरसाइकलमा छ पोका गाँजा बरामद भएको बताइएको छ।

पक्राउ परेका बद्री बहादुर अटोमा सवार थिए भने मोटरसाइकलमा रहेका व्यक्ति घटनास्थलबाट फरार भएको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस