दुर्गा प्रसाईंलाई चार दिन म्याद थप, सार्वजनिक शान्तिविरुद्धको कसुरमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ३, मंगलबार (३ महिना अघि)
  • २ पटक पढिएको
दुर्गा प्रसाईंलाई चार दिन म्याद थप, सार्वजनिक शान्तिविरुद्धको कसुरमा

 काठमाडौं, ०२ मंसिर। मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

अब कम्तिमा पनि ४ दिन प्रसाईं प्रहरी हिरासत रहनेछन् । प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तीव्र पारेका थिए ।

तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।

उनले सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस