राष्ट्रिय परिचयपत्रले बढायो मतदाता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ३, मंगलबार (३ महिना अघि)
  • २ पटक पढिएको
राष्ट्रिय परिचयपत्रले बढायो मतदाता

काठमाडौं, ०२ मंसिर। मतदाता नामावली संकलनमा राष्ट्रिय परिचयपत्रलाई जोडेपछि नयाँ मतदाताका रूपमा नाम दर्ता गराउनेको संख्या ह्वात्तै बढेको छ। 

गत हप्तादेखि राष्ट्रिय परिचयपत्र भएका व्यक्ति निर्वाचन आयोगमा नपुगेरै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था गरिएको थियो।

राष्ट्रिय परिचयपत्र नभएकाले भने अनलाइनमार्फत् प्रिरजिष्ट्रेसन गरेर बायोमेट्रिकका लागि आयोगको कार्यालय पुग्नुपर्ने बाध्यता छ। 

आयोगका अनुसार हालसम्म ६ लाख मतदाता थपिएका छन् । जसमध्ये राष्ट्रिय परिचयपत्रमार्फत मात्रै गएरातिसम्म ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत् पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन्।

आयोगका अनुसार नामावली दर्ता मङ्सिर ५ गतेसम्म गर्न सकिने छ।

अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस