नेपाल प्रिमियर लिग (एनपीएल) खेलमा सट्टाबाजी गराउन खोज्ने आरोपमा दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ५, बिहिबार (३ महिना अघि)
  • २ पटक पढिएको
नेपाल प्रिमियर लिग (एनपीएल) खेलमा सट्टाबाजी गराउन खोज्ने आरोपमा दुई जना पक्राउ

काठमाडौं, ०४ मंसिर। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया नगरपालिका–७ का २४ वर्षीया रेविकासिंह ठकुरी रहेका छन् । ठकुरी भारतको चण्डीगढ बस्ने गरेको अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ ।

एनपीएल दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई प्रायोजन गर्छौं भनी सामाजिक सञ्जाल ह्वाट्सएप र इन्ट्राग्राममार्फत सम्पर्क गरी सट्टाबाजी गराउन खोज्ने उनीहरुलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनीहरुलाई हिजो सार्वजनिक गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौको जिम्मा लगाइएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस