बाजुराका स्वास्थ्य कार्यालय प्रमुख सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ५, बिहिबार (३ महिना अघि)
  • २ पटक पढिएको
बाजुराका स्वास्थ्य कार्यालय प्रमुख सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ०४ मंसिर। स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सब–इन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

उनीहरूले बाजुराको हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र भवन निर्माणका क्रममा लागतभन्दा धेरै भुक्तानी गरी रकम हिनामिना गरेको र निर्मित संरचनासमेत भग्नावशेषको अवस्थामा रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले ६ जनासँग जनही १५ लाख ८ हजार ५ सय ५७ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस