नवलपुरमा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ६, शुक्रबार (३ महिना अघि)
  • ३ पटक पढिएको
नवलपुरमा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते

नवलपुर, ०५ मंसिर। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु–८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार बिहान १० बजे तिर नारायणघाटबाट बुटवलतर्फ जाँदे गरेको लु २ ख २८४५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा सवार करिब ३५ जना यात्रुमध्ये २० भन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रही कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ ।

बस सडकबाट करिब १५ मिटर तल खाल्डोमा खसेको हो । घाइतेहरु सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस