गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ६, शुक्रबार (३ महिना अघि)
  • २ पटक पढिएको
गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

गुलरिया(बर्दिया) , ०५ मंसिर। बर्दियामा मोटरसाइकल गोरुगाडामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा कैलाली भजनी नगरपालिका वडा १ की ३० वर्षीया सपना सुनार हुनुहुन्छ । 

मोटरसाइकल चालक मृतकका श्रीमान् मोटरसाइकल चालक ३६ वर्षीय चञ्चल सुनार र छोरी ५ वर्षीया कृष्ण सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको उपचारको लागि नेपालगञ्ज लगिएको छ । 

गुलरिया–नेपालगन्ज सडक खण्डको गुलरिया–११ मा गएराती मोटरसाइकल गोरुगाडामा ठोक्किएको थियो । एक्कासि गोरुगाडामा ठोक्किँदा सपनाको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उहाँको उपचारको क्रममा बर्दिया अस्पतालमा मृत्यु भएको थियो । गोरुगाडा चालक गुलरिया नगरपालिका–५ बालापुरका ४५ वर्षीय कर्ण थारूलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी नायब उपरिक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । 

लाइट र रिफ्लेक्टर नहुने हुँदा गोरुगाडा अरु सवारी साधनका लागि जोखिमपूर्ण हुने गर्दछ । तराई क्षेत्रमा मोटरसाइकल लगायतका सवारीसाधन दुर्घटना हुने एक कारणमध्ये गोरुगाडा एक हो । 

ताजा अपडेट

खोजी गर्नुहोस