पोखरीमा डुबेर एक वृद्ध महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ७, शनिबार (३ महिना अघि)
  • ४ पटक पढिएको
पोखरीमा डुबेर एक वृद्ध महिलाको मृत्यु

कल्याणपुर (सप्तरी), ०६ मंसिर। सप्तरीको राजगढ गाउँपालिकामा पोखरीमा डुबेर एक वृद्ध महिलाको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ मलेकपुरस्थित सार्वजनिक पोखरीमा डुबेर स्थानीय ९५ वर्षीया लडुवती देवी मण्डलको मृत्यु भएको हो ।

घरबाट करिब १० मिटर उत्तरतर्फ रहेको सार्वजनिक पोखरीमा लडुवती डुबेको अवस्थामा शुक्रबार उहाँका छोरा विष्णुदेव मण्डलले भेट्नुभएको थियो ।

मृतको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जनानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस