झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ८, आईतबार (३ महिना अघि)
  • २ पटक पढिएको
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा, ०७ मंसिर। झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३८ वर्षीय विनोद राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सो मोटरसाइकल सडक किनारमा रोकेर राखिएको प्रदेश १–०१–००१ त ९९७७ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक विनोद राउत र पछाडि बसेका २१ वर्षीय  निश्चल भुजेल घाइते भएका थिए ।

गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि वर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएकोमा चालक राउतको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकल पछाडि बसेका २१ वर्षीय निश्चल भुजेलको उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस