गृहमन्त्रीको राजिनामा माग गर्दै डा. निकोलस भुसाल पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ७, सोमबार (२ महिना अघि)
  • ४ पटक पढिएको
गृहमन्त्रीको राजिनामा माग गर्दै डा. निकोलस भुसाल पक्राउ

काठमाडौँ ,०७ पुस। जेन–जी अभियान्त मिराज ढुंगानाको नेतृत्वमा सोमवार माइतघरमा प्रारम्भ भएको अन्दोलनको समर्थन गर्न पुगेका डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

पक्राउ परेपछि सञ्चार माध्यमसँग कुरा गर्दै भुसालले शान्तिपूर्वक गरेको प्रदर्शनमा प्रहरीको दमन भएको,प्रहरीले हातपात गरेको र प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनलाई हाइज्याक गरेको आरोप पनि लगाएका छन् ।

भुसालले जेन–जीको सरकार भएर पनि निर्दोष भाइ–बहिनीलाई गोलि हान्ने हत्यारालाई किन पक्राउ गरेन ? भन्ने प्रश्न गरेका छन् । त्यस्तै उनले गृहमन्त्री ओम प्रकाश आर्याललाई भेना सम्बोधन गर्दै ‘तपाईँ कमजोर हुनु भयो, राजीनामा दिनुहोस्’ भन्दै राजीनामाको माग गरेका छन् ।

आफूहरुले अनुमतिका लागि पत्र बुझाएको तर प्रशासनले लिन नमानेको भन्दै जेन–जी समुहका सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस