बंगलादेशमा अर्का विद्यार्थीले नेतामाथि गोली प्रहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ८, मंगलबार (२ महिना अघि)
  • ४ पटक पढिएको
बंगलादेशमा अर्का विद्यार्थीले नेतामाथि गोली प्रहार

काठमाडौं, ०८ पुस। बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का नेतालाई सार्वजनिक स्थानमा गोली हानी हत्या गरिएको छ।

बंगलादेशको अखबार ‘ढाका ट्रिब्यून’का अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदरको सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा गोली हानी हत्या गरिएको छ।

अस्पताल स्रोतलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ सिकदरलाई खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। यस घटनामा सोनाडाङ्गा मोडेल प्रहरी चौकीका इन्चार्ज (अनुसन्धान) अनिमेष मण्डलले भने, ‘सिकदरलाई अज्ञात आक्रमणकारीहरूले गोली हानेका थिए। स्थानीय मानिसहरूले उनलाई उद्धार गरेर अस्पताल लगेका थिए।’

घटनापछि घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ। एक प्रहरी अधिकारीले घटनाको अनुसन्धान भइरहेको बताए। यसअघि डिसेम्बर १२ मा ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा उस्मान हादीलाई गोली हानी हत्या गरिएको थियो। टाउकोमा गोली लागेर उनी गम्भीर घाइते भएका थिए र डिसेम्बर १५ मा उपचारको लागि सिंगापुर लगिएको थियो। हादीको डिसेम्बर १८ मा अस्पतालमा मृत्यु भयो। उनको मृत्युपछि बंगलादेशमा हिंसा फैलियो।

ताजा अपडेट

खोजी गर्नुहोस