मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ८, मंगलबार (२ महिना अघि)
  • ४ पटक पढिएको
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौं, ०८ पुस। काठमाडौँ महानगरपालिका–३२ स्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको ज्यान गएको छ। बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको हो। 

हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस