रौतहटमा ठगी नेटवर्कको नाइके सुजित साह पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ८, मंगलबार (२ महिना अघि)
  • ४ पटक पढिएको
रौतहटमा ठगी नेटवर्कको नाइके सुजित साह पक्राउ

रौतहट, ०८ पुस। किर्ते हस्ताक्षर प्रयोग गरी बैंकबाट चेकबुक लिई लाखौँ रुपैयाँ निकासी गरेर ठगी गरेको आरोपमा रौतहटको गढीमाई नगरपालिका निवासी सुजित साह अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा परेका छन्।

लाखौं रुपैया ठगी एवं चेक बाउन्सको नक्कली खेल रच्ने गढीमाई नगरपालिका–२ समनपुरका साहलाई नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय जाउलाखेलले मंसिर २६ गते काठमाडौंमा पक्राउ गरेर आवश्यक अनुसन्धान एवं कारवाही गर्न मंसिर २८ गते रौतहट प्रहरीको जिम्मा लगाएपछि अनुसन्धानको क्रममा हिरासतमा राखिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले ठगी मुद्दा १४ दिनको म्याद रौतहट जिल्ला अदालतबाट लिएर अनुसन्धान गरिरहेको सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए । वस्यालका अनुसार अहिले हामी गहन अनुसन्धान गरिरहेका छौं, अनुसन्धान सकेपछि मात्रै सार्वजनिक गर्ने स्पष्ट पारे ।

पिडितहरुद्वारा पत्रकार सम्मेलन

पीडित बनेका गरुडा नगरपालिका–४ सुमित साहको बुवा चन्देश्वर साह संग पिडित सुजितका काँका गोविन्द साहले ७५ लाख नगद भाउचरको माध्यमबाट लेनदेन गरेका थिए । उक्त रकम पचाउने हेतु सुजितले काठमाडौंको टेकु स्थित राष्ट्रिय वाणिज्य बैंकबाट सुमितको किर्ते हस्ताक्षर गरी १० थान चेकबुक निकाल्न सफल भए ।

उक्त चेकबुकमा ५० लाख रकम भरेर कलंकी शाखामा झिक्न जाँदा खातामा पर्याप्त रकम नहुँदा चेक वाउन्स गराए । तेश्रो पटक चेक बाउन्स गराउन जाँदा कलंकी शाखाले सुमितलाई म्यासेज पठाएपछि उक्त कार्यको पर्दाफास भएको पिडित पक्षले बताए । त्यती मात्रै नभई सुजितले चेक वाउन्सको मुदा प्रहरी परिसर भद्रकालीमा गएर उजुरी समेत गर्न भ्याएपछि उक्त गलत कार्यका विरुद्ध अपराध अनुसन्धान कार्यालय जाउलाखेलमा किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा सुजितले लाखौं रुपैया ठगि गरेको खुलेपछि उक्त कार्यालयले गएको मंसिर २६ गते पक्राउ गरेर आवश्यक अनुसन्धानको लागि फायल सहित जिल्ला प्रहरी कार्यालय रौतहटका जिम्मा लगाएको पिडितले बताए ।

अर्का पिडित गढीमाई नपा ५ का दिपेन्द्र साहले मेरो पनि राबा बैंक भोटाहिटी शाखाबाट चेक किर्ते हस्ताक्षर गरेर २० थान लिन सफल भएको र एयरपोर्ट शाखाबाट साढे ३१ लाख रकम झिकेर ठगी गरेको हुँदा निज माथि कडा भन्दा कडा कारवाहीको उनले माग गरे ।

कालीमाटी प्रहरी विट नजिकै चार तल्ले घर बनाएर सुजित साहले विभिन्न मानिसहरुको किर्ते हस्ताक्षर गरेर करोडौं ठगी गरेर महल खडा गरेको नातामा आफन्त पर्ने व्यक्त दिपेन्द्रले संचारकर्मीहरु समक्ष बताए ।

गरुडाका व्यापार संघका पूर्व अध्यक्ष रामभरोस यादवले यस्ता महाठगलाई प्रहरीले गहन अनुसन्धान गरेर कडा भन्दा कडा कारवाही नगरिमा दर्जनौं व्यक्तिहरुको अनाहकमा खाताबाट रकम गायब हुने भएको हुँदा तिनीहरुको मेहनेत एवं परिश्रमलाई जोगाउन यस्ता महाठगी सुजितलाई हदै सम्मको कारवाही हुनुपर्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस