काठमाडौँमा आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ९, बुधबार (२ महिना अघि)
  • १  पटक पढिएको
काठमाडौँमा आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ

काठमाडौं , ०९ पुस। काठमाडौँबाट आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् ।  काठमाडौँ महानगरपालिका–२२ झोछे बस्ने ललितपुर महानगरपालिका–१५ थसिखेल घर भएका २३ वर्षीय समन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोसाक लगाएर प्राप्त नगरेको ओहदाको परिचय देखाएर फाइदा लिन खोजेको आरोपमा उनी पक्राउ परेका हुन् ।

सोही सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई सरकारी छाप तथा लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको  प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस