सप्तरीमा ८ सय किलो गाँजासहित एक जना पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ९, बुधबार (२ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

सप्तरी , ०९ पुस। सप्तरीमा  ८ सय किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।  जिल्लाको  छिन्नमस्ता  गाउँपालिका–४ बाट  करिब ८ सय २४ किलो ६ सय ग्राम गाँजासहित राजविराज नगरपालिका–११ बस्ने २९ वर्षीय रामकुमार यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को.१ च ९६६५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा ३२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक राम कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस