
काठमाडौं, ०९ पुस। तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने/खेलाउने ७ जना पक्राउ परेका छन् ।
काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूको पक्राउबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
भारतबाट आएको गिरोहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
