‘सम्पत्ति विवरण बुझाइसकेका छौँ, तर सार्वजनिक भएन’

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ९, बुधबार (२ महिना अघि)
  • २ पटक पढिएको
‘सम्पत्ति विवरण बुझाइसकेका छौँ, तर सार्वजनिक भएन’

काठमाडौं, ०९ पुस। जेनजी आन्दोलनको जगमा सुशासनको कुरा उठाउँदै गठित वर्तमान सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सय दिन बितिसक्दा पनि सार्वजनिक भएको छैन ।

सम्पत्ति विवरण सार्वजनिक नभएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला सहरी विकासमन्त्री कुलमान घिसिङले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दोष थुपारिदिएका छन् ।

मन्त्रालयमा आज सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक नगरेको बताएका हुन् ।

‘लामो समयसम्म कर्मचारीको हैसियतमा विवरण बुझाएकै हुन्थ्यो । यो वर्ष क्याबिनेटमा सबैले समयभित्रै गर्नु भएको थियो । सार्वजनिक गर्ने प्रधानमन्त्री कार्यालय हो,’ उनले भने, ‘हामी ट्रान्फरेन्सिमा र सुशासनको विषयमा हामी कटिबद्ध छौँ। मन्त्रालयअन्तर्गत सुशासनको विषयलाई कठोरताका साथ लागू गर्नुपर्छ हामी जेनजी आन्दोलनबाट आएका छौँ भनेर लागेका छौँ । अहिलेसम्म कुनै पनि ठाउँमा कम्रमाइज गरेका छैनौँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस