
राैतहट, ०९पुस । राैतहटकाे देवाही गाेनाही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफालाई भ्रष्टाचार मुद्दा दायर भएकाे छ । उक्त प्रकरणमा मुख्य प्रतिवादीका रूपमा रहेका महमद शेरे मुस्तफा हाल रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालि रहेका छन ।
मुस्तफाले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा कार्यरत रहँदा सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी लाभ–हानि गराएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा सहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक स्रोत, निर्णय प्रक्रिया तथा कार्य सम्पादनमा गम्भीर अनियमितता भएको ठहर गर्दै उनीहरूविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ।
आयोगका अनुसार पदको आडमा अधिकारको दुरुपयोग गर्दै राज्यलाई आर्थिक हानि र केही व्यक्तिलाई गैरकानुनी लाभ पुर्याइएको पुष्टि भएपछि कानुनी कारबाही अघि बढाइएको हो। मुद्दामा प्रतिवादी बनाइएका अन्य व्यक्तिहरूमा जनप्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधान सम्पादक संजय कुमार साह समेत रहेका छन्। आरोप पत्रमा विभिन्न निर्णय तथा प्रक्रिया कानुन विपरीत गरिएको उल्लेख गरिएको छ।

अख्तियारले यस घटनालाई सार्वजनिक प्रशासनमा देखिएका अनियमितता विरुद्धको कडा कदमको रूपमा लिइएको जनाएको छ भने अदालतको आगामी निर्णयलाई सबैले चासोका साथ हेरिरहेका छन् ।
