बगरमा लुकाएर राखिएको १२० किलो गाँजा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १०, बिहिबार (२ महिना अघि)
  • ४ पटक पढिएको
बगरमा लुकाएर राखिएको १२० किलो गाँजा बरामद

पर्सा,१० पुस। पर्साको धुताहा खोलाको बगरबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ। बिन्दवासिनी गाउँपालिका – ५, प्रसौनीभाठा क्षेत्रमा मंगलबार राति ८ वटा ठूला पोकामा राखिएको करिब १२० केजी गाँजा फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वाटर पर्साका अनुसार विशेष सूचनाको आधारमा बेस क्याम्प प्रसौनीभाठाबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनका अनुसार टोली घटनास्थलमा पुग्दा गाँजा बोकेर गइरहेका व्यक्ति भारि छाडेर फरार भएका थिए।

फरार व्यक्तिहरूको खोजी भइरहेको भए पनि हालसम्म उनीहरू पक्राउ पर्न सकेका छैनन्। बरामद गरिएको गाँजा आवश्यक कानुनी कारबाहीका लागि बुधबार इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस