सर्लाहीमा मोटरसाइकल दुर्घटना, घटनास्थलमै चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १०, बिहिबार (२ महिना अघि)
  • ६ पटक पढिएको
सर्लाहीमा मोटरसाइकल दुर्घटना, घटनास्थलमै चालकको मृत्यु

सर्लाही, १० पुस। सर्लाही जिल्लाको बलरा नगरपालिका र रामनगर गाउँपालिकाको सीमावर्ती क्षेत्र सुदामा बैरेज नजिक आज एक मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा म.प्र. ०३–०२प ३७४४ नम्बरको मोटरसाइकल संलग्न रहेको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक रामनगर गाउँपालिका–१ खैर्वा निवासी तेजनारायण रायका अन्दाजी ४० वर्षीय छोरा संजय यादवको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस