सवारी ज्यान मुद्दामा १७ वर्षदेखि फरार व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १०, बिहिबार (२ महिना अघि)
  • २ पटक पढिएको
सवारी ज्यान मुद्दामा १७ वर्षदेखि फरार व्यक्ति पक्राउ

धनगढी, १० पुस। कैलालीमा १७ वर्षदेखि फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी डडेल्धुराको आलिताल गाउँपालिका- ८ घर भएर कञ्चनपुरको वेदकोट नगरपालिका-५ बस्ने  ४५ वर्षीय प्रेम भन्ने सुरज थापा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले थापालाई कञ्चनपुर प्रहरीको समन्वय पक्राउ गरेको बताए ।

उनकाअनुसार ९ भदौ २०६५ मा दर्ता भएको ५३ नम्बर मुद्दामा थापा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी थिए ।

७ भदौ २०६५ मा घटनापछि उनी घट्नास्थलबाटै फरार रहेका थिए । थापालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस