मोटरसाइकल चोरी प्रकरण : अवैध कारोबार गर्ने गिरोह पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १०, बिहिबार (२ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जनकपुर, १० पुस। धनुषा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद बिक्री गर्दै आएको एक संगठित गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । चोरी तथा विक्री कार्यमा संलग्न सिकिन्द्र यादवसहित १२ जनालाई नियन्त्रणमा लिई उनीहरूको कब्जाबाट ११ थान चोरीका मोटरसाइकल बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेपछि विशेष निगरानी र अनुसन्धान अभियान सञ्चालन गरिएको बताए । अनुसन्धानका क्रममा समूहले सार्वजनिक, बजार, अस्पताल तथा आवासीय क्षेत्रबाट मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर कम मूल्यमा बेच्ने गरेको खुलेको छ ।

पक्राउ परेकामाथि चोरी तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस