क्रोएसिया र न्युजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १०, बिहिबार (२ महिना अघि)
  • २ पटक पढिएको
क्रोएसिया र न्युजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

|Compressed by jpeg-recompress

काठमाडौं, १० पुस। क्रोएसिया र न्युजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य र रामेछापको सुनापति गाउँपालिका–२ का ३६ वर्षीय जितबहादुर जर्घा मगर छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुस्न्धान कार्यालयको टोलीले पक्राउ गरेका हो ।

शाक्यले क्रोएसिया पठाउने भन्दै एक जनाबाट ५ लाख र मगरले न्युजिल्याण्ड पठाउने भन्दै १ जनाबाट ७लाख १० हजार ठगी गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस