राप्रपा नेपालको केन्द्रीय समिति बैठक १५ पुसमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १०, बिहिबार (२ महिना अघि)
  • ४ पटक पढिएको
राप्रपा नेपालको केन्द्रीय समिति बैठक १५ पुसमा

काठमाडौं, १० पुस। राप्रपा नेपालले आगामी १५ पुसमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो १:०० बजे नव दुर्गा पार्टी प्यालेस सुकेधारामा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बर्तौलाका अनुसार राप्रपा र राप्रपा नेपाल बीच १६ पुसमा हुने ‘पार्टी एकता घोषणासभा’लाई भव्य बनाउने विषयमा बैठक केन्द्रित हुनेछ ।

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार हस्ताक्षर गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस