घरको रेलिङबाट लड्दा बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १०, बिहिबार (२ महिना अघि)
  • ४ पटक पढिएको
घरको रेलिङबाट लड्दा बालकको मृत्यु

विराटनगर, १० पुस। बिर्तामोड नगरपालिका–४ आगमनटोलमा खेल्ने क्रममा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामकुमार कार्कीका ६ वर्षीय छोरा रियान्स रहेका छन्। प्रहरीका अनुसार गत पुस २ गते साँझ करिब ८:१५ बजेको समयमा रियान्स आफ्नै तीनतले घरको माथिल्लो तलाको रेलिङमा खेलिरहेका थिए। सोही क्रममा अचानक सन्तुलन गुमाएर भुइँमा खस्दा उनी गम्भीर घाइते भएका थिए।

घाइते बालकलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको बिहीबार निधन भएको हो ।

बालकको शव हाल सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएको र आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस