बालानन्द शर्मा मन्त्री बन्दै, आज अपराह्न शपथ ग्रहण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ११, शुक्रबार (२ महिना अघि)
  • २ पटक पढिएको
बालानन्द शर्मा मन्त्री बन्दै, आज अपराह्न शपथ ग्रहण

काठमाडौं, ११ पुस। प्रधानमन्त्री सुशीला कार्कीले फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेकी हुन् । 

शर्मालाई दिउँसो २ बजे शीतल निवासमा शपथ गराउने कार्यक्रम छ। शर्माले माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् । 

कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनलेे काम गरिसकेका छन् । शर्मालाई प्रधानमन्त्री कार्कीले परराष्ट्रमन्त्री बनाउन लागेकी बताइए पनि त्यसको टुंगो भइसकेको छैन ।

शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद्‌ १५ सदस्यीय बन्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस