
रौतहट, ११ पुस। रौतहटमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ । मौलापुर नगरपालिका–३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको १५ महिनाको छोरा राजन साह तेलीको मृत्यु भएको हाे ।
आफ्नै घर नजिकै रहेको नालामा डुबेर बिहीबार दिउँसो उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अशक्त भएका उनको वीरगन्जस्थित तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।
