सञ्चारमन्त्री खरेलको देउवा, ओली र प्रचण्डसँग भेटवार्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ११, शुक्रबार (२ महिना अघि)
  • ४ पटक पढिएको
सञ्चारमन्त्री खरेलको देउवा, ओली र प्रचण्डसँग भेटवार्ता

काठमाडौं, ११ पुस। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री  जगदिश खरेलले विघटित प्रतिनिधिसभाका तीन ठूला दलका शीर्ष नेतृत्वहरूसँग भेटवार्ता गर्ने भएका छन् ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न लागेका हुन् ।

मन्त्री खरेलको सचिवालयका अनुसार बिहान साढे ९ काग्रेस सभापति देउवा, ११ बजे एमाले अध्यक्ष ओली र १२ बजे नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग भेटवार्ता गर्ने तालिका छ ।

यसअघि सञ्चारमन्त्री खरेल समेत सहभागी सरकारी टोलीले यी तीनवटै दलका पार्टी कार्यालय अनुगमन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस