बालेन–रवि–कुलमानबीच आजै एकताको हस्ताक्षर हुने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ११, शुक्रबार (२ महिना अघि)
  • ४ पटक पढिएको
बालेन–रवि–कुलमानबीच आजै एकताको हस्ताक्षर हुने

काठमाडौं, ११ पुस। काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह(बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबिच शुक्रबार एकताको लागि हस्ताक्षर हुने भएको छ ।

स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभएमा आज साँझसम्म साह, लामिछाने र घिसिङबिच पार्टी एकताको लागि हस्ताक्षर हुनेछ । 

हस्ताक्षर अघि ३ वटै पक्षबाट आ–आफ्‌नो गृहकार्य गरेर सामूहिक भेट्ने तयारी भइरहेको छ । ‘सबै पक्ष एक ठाउँमा आएपछि छलफल गरेर आजै सहमतिमा हस्ताक्षर हुन्छ । केहि फरक नभए भोलि एकता घोषणा सभा हुन्छ,’ स्रोतले भन्यो ।

आगामी फागुन २१ गते हुने भएको प्रतिनिधिसभाको निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरु एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस