सेती पुल निर्माण कार्यमा ढिलाइ नगर्न मन्त्री घिसिङको निर्देशन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १३, आईतबार (१ महिना अघि)
  • २ पटक पढिएको
सेती पुल निर्माण कार्यमा ढिलाइ नगर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं, १३ पुस। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन् ।

आइतबार मन्त्री घिसिङले बिहान पोखरा–मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गरेका हुन् । पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रूपमा रहेको उक्त स्थानमा निर्माणाधीन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ । 

निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस