कैलालीमा बस दुर्घटना, एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १३, आईतबार (१ महिना अघि)
  • २ पटक पढिएको
कैलालीमा बस दुर्घटना, एक जनाको मृत्यु

कैलाली, १३ पुस। कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–२ झिलमा महाकाली यातायातको सुपप्र ०२–००१ ख १३७३ नम्बरको बसले ठक्कर दिंदा ८२ वर्षीया तारादेवी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाठक जानकी गाउँपालिका–२ की स्थायी बासिन्दा भएको खुलेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाठकको उपचारका क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस